February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्याे विश्व च्याम्पियन

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्याे विश्व च्याम्पियन

अस्ट्रेलियाले महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेकाे छ । मेलवर्नमा भएकाे खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलियाली महिला टाेली विश्व विजेता बनेकाे हाे । 

Advertisement

पहिला ब्याटिङ गरेकाे अस्ट्रेलियाले भारतसामु १ सय ८५ रनको लक्ष्य पस्किएकाे थियाे । तर, भारतीय टाेलीका सबै खेलाडी ९९ रनमै आउट भए ।  

Advertisement

भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा २ रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन् ।

स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रित पनि धेरै समय मैदानमा टिक्न सकिनन् । यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि हो ।