जब नेपालमै साँढेलाई रक्ताम्य हुने गरी ट्रकमा बाँधेर घिसारियो..
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडकमा खुल्ले आम हिँडेको छाडा साँढेलाई ट्रकमा बाँधेर रक्ताम्य हुने गरी घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले हिजो बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।
साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।
नेकपा (एमाले) सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको भन्दै यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताएका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी पनि कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । साँढेलाई किन यसरी घिसारियो त्यस्को आधिकारिक धारण भने आएको छैन् ।
प्रतिकृया दिनुहोस्