April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अर्थ सचिवमा राय, राजस्व सचिव घिमिरे

अर्थ सचिवमा राय, राजस्व सचिव घिमिरे

सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो ।

Advertisement

अर्थ मन्त्रालयका सचिवमा आएका तोयम राय अर्थ मन्त्रालका ‘क्याडर’ नै हुन् । उनी आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ । योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । त्यस्तै राजस्व सचिवमा आएका राम प्रसाद घिमिरे समेत अर्थ मन्त्रालयकै अनुभवी छन् ।

Advertisement

योभन्दा अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । हाल अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजस्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।