जब्बरजस्ती रड दल्ने र होहाल्ला गर्ने ७० जना नियन्त्रणमा
- वाणिज्य न्युज
- २६ फाल्गुन २०७६
फागुन २६, काठमाडौं ।
काठमाडौं उपत्यकामा होलीको समयमा जब्बरजस्ती रङ्ग दल्ने र झैभगडा गर्ने सात युवतीसहित ७० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट सात युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने छ ।
प्रतिकृया दिनुहोस्