January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

गोरखामा जिप दुर्घटना हुदा १० घाइत,े ४ को अवस्था गम्भिर

गोरखामा जिप दुर्घटना हुदा १० घाइत,े ४ को अवस्था गम्भिर

२७ फागुन, काठमाण्डौ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा जिप दुर्घटना हुँदा एकै गाउँका १० जना यात्रु घाइते भएका छन् । । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका ५ घाइतेलाई भने एम्बुलेन्समार्फत गोरखा बजार ल्याउने तयारी भइरहेको छ । भने गम्भिर घाईते रहेका ४ जनालाई उपचारका लागि माउन्टेन एयरको हेलिकोप्टरद्धारा काठमाडौं पठाइने भएको छ ।
ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

Advertisement