March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोवार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोकि रोक्का गरेको छ । कर्पोरेसनले लाभांश सम्बन्धी सूचना समयमै जानकारी नगराएपछि नेप्सेले काराबाही गर्दै कारोबार बन्द गरेको हो ।

साल्ट ट्रेडिङले बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठकमा १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । नेप्सेको सूचनामा भनिएको छ, “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप मिति २०७२।०९।२८ को निर्णयानुसार उक्त कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।”

Advertisement