February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

नेपालमा हवाई बीमाको उच्च जोखिम

नेपालमा हवाई बीमाको उच्च जोखिम

 

Advertisement

नेपालमा हवाई क्षेत्र उच्च जोखिममा छ । एउटा दुर्घटना हुँदा करौडौमा दाबी पर्ने भए पछि कम्पनीहरुले धेरै जोखिममा काम गरेको हो ।

Advertisement

 

 

नेपालमा सञ्चालित बीमा कम्पनीहरुको हवाई बीमाको खुद धारणा क्षमता न्यून रहँदै आएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुको पुँजी बढाउँदै लगे पनि कम्पनीहरुले भने हवाई बीमाको एक प्रतिशत भन्दा पनि कम खुद धारणा गर्दै आएका छन् ।

चालु आर्थिक बर्ष २०७९÷८९ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ८० करोड ३७ लाख रुपैयाँ बराबरको मात्रै हवाई बीमा गरेका छन् । यो रकम कम्पनीहरुले सो अवधिमा गरेको कुल निर्जीवन बीमा व्यवसायको ५ प्रतिशत मात्रै हो ।

सो अवधिमा कम्पनीहरुले ५५ वटा बीमा पोलिसी जारी गरेका छन् । हवाई बीमा अन्र्तगत कम्पनीहरुले हवाई जहाजको बीमा, यात्रुको बीमा, चालक दल, बीमान परिचारिका बीमा र तेस्रो पक्ष बीमा गर्दै आएका छन् ।

पुनर्बीमा निर्देशिका, २०६५ मा बीमा कम्पनीहरुले बीमा गरेको सम्पतिको निश्चित प्रतिशत जोखिम आफुले धारणा गरी बाँकी रहेको जोखिमको पुनर्बीमा गराउनु पाउने व्यवस्था छ । अर्थात् कम्पनीले आफुले थेग्न नसक्ने जोखिमको पुनर्बीमा गराउन सक्नेछन् । तर, बीमकले शतप्रतिशत भने पुनर्बीमा गराउन पाउँदैनन् ।

नेपाली निर्जीवन बीमा कम्पनीहरुको सुरुवाती अवस्थामा पूँजी पनि कम थियो । फलस्वरुप कम्पनीहरुको खुद धारण क्षमता पनि कम थियो । त्यसमा पनि हवाई बीमामा एउटा दुर्घटना हुँदा पनि ठूलो दाबी पथ्र्यो । त्यसैले कम्पनीहरु धेरै जोखिम धारण गर्न डराउँथे । तसर्थ उनीहरुले न्यून मात्रै जोखिम धारण गरी बाँकी जोखिमको पुर्नबिमा गराउँथे ।

तर, यो प्रक्रिया अहिले पनि कायम नै छ । पछिल्लो समयमा कम्पनीहरुको पूँजी र क्षमता पनि बृद्धि भै सकेको छ । तर, कम्पनीहरुले खुद धारणको क्षमता भने बृद्धि नगरेको प्राधिकरणको भनाई छ । यद्यपी केही निर्जीवन बीमा कम्पनीहरुले भने १० देखि ३० प्रतिशतसम्म जोखिम धारणा गर्न सक्ने बताएको थियो ।