February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

चिनको अर्थतन्त्र २०२२ मा खस्कियो

चिनको अर्थतन्त्र २०२२ मा खस्कियो

 

Advertisement

विश्व जगतमा आर्थिक मन्दि र सुक्ष्म अर्थतन्त्रले प्रभावित पारेको समयमा चिन पनि अछुटो रहेन । सन् २०२२ मा चीनको अर्थतन्त्र तीव्र गतिमा सुस्त भएको छ ।

Advertisement

नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले मंगलबार चौथो त्रैमासिकमा चीनको अर्थतन्त्र वर्षको तुलनामा २.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकमा ३.९ प्रतिशतले बढेको थियो।

सन् २०२२ मा चीनको जिडिपी वृद्धि ३.० प्रतिशतमा खुम्चिएको छ । जुन सरकारी अनुमान करिब ५.५ प्रतिशत भन्दा कम हो भने, सन् २०२१ को ८.४ प्रतिशतको वृद्धि भन्दा आधा भन्दा बढीले कम हो ।

तथापि, चिनियाँ जिडिपीमा भएको वृद्धि दर विश्व बैङ्कले यस महिनाको सुरुमा गरेको प्रक्षेपण गरेको २.७ प्रतिशत भन्दा बढी हो । सन् २०२० मा कोभिड १९को महामारीका कारणले २.२ प्रतिशतमा खुम्चिएको  ।