नेपालगञ्जबाट काठमाडौंका उडेको श्री एयरको विमान झापामा पुगेर अवतरण
बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
आज शुक्रबार बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
काठमाडौंमा बिहानबाट मौसमका कारण भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।
मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्