February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

रास्वपाकी इन्दिरा रानामगरले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

रास्वपाकी इन्दिरा रानामगरले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उम्मेदवारी दर्ता गराएकी छिन् । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् ।

 

Advertisement