February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

नवनियुक्त सभामुख घिमिरेद्वारा पदभार ग्रहण

नवनियुक्त सभामुख घिमिरेद्वारा पदभार ग्रहण

प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले आज पदभार ग्रहण गरेका छन् । शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए ।

बिहीबार मात्र घिमिरे प्रतिनिधि सभाको सभामुखमा चयन भएका थिए । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले समर्थन गरेका थिए ।

Advertisement