औषधि बाहेकका अन्य बस्तु आयातमा समस्या नरहेको सरकारको दाबी
फागुन २७, काठमाडौं ।
भारतले प्रतिबन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले यस्तो बताएको हो । सरकारले औषधिजन्य वस्तु बाहेक अन्य वस्तुहरु आयातमा कुनै समस्या नरहेको बताएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रका मन्त्रीहरु तीनबटै निजी क्षेत्र सँगको सहकार्यको खोजी भएको थियो । भेलमा निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी सामेल हुँदै आआफ्नो तर्फबाट दायित्व निर्वाह गर्ने बताएका थिए ।
कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्दर्भमा अत्यवश्यक वस्तुको सहज उपलब्धताका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउन पनि छलफल भएको हो ।
औषधि व्यवसायीहरुले ५, ६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएका छन् । ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस्