March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पछिल्लो छैटौं महिनासम्म ७ खर्बको व्यापार घाटा

पछिल्लो छैटौं महिनासम्म ७ खर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको छैटौं महिना पुसमा निकासी व्यापारमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । आयातमा आइरहेको कमी पुसमा पनि निरन्तर छ । सरकारले पुसबाट लागू हुने गरि विलासी वस्तुको आयात प्रतिबन्ध हटाएको थियो । यसले आयात फेरि बढ्ने अनुमान गरिएको थियो । तर, नतिजाले त्यस्तो देखाइएको छैन् ।सरकारले चालू आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित विभिन्न वस्तुको आयात पूर्णरुपमा रोकेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले समेत वस्तुको आयात घटाउने लक्ष्यसहित एलसी खोल्दा शतप्रतिशत नगद मार्जिक राख्नुपर्ने व्यवस्था गरेको थियो । जसले विदेशबाट विलासिताका वस्तु, सवारी, १५० सीसीभन्दा माथिका मोटरसाइकल, तास, खेलौनाको आयात प्रभावित बनेको थियो ।

Advertisement

गाडी मोबाइल मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता दिइने निर्णय गरेर कार्यान्वयनमा आए पनि तत्काल यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको छैन् । यससँगै, चालू आर्थिक वर्षको ६ महिना (साउन–पुस)सम्मको अवधिमा नेपालको आयात २०.६८ प्रतिशतले घटेको छ । गत वर्ष ६ महिनामा ९ खर्ब ९९ अर्बभन्दा बढीको आयात भएकोमा चालू वर्ष ७ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।

Advertisement

भन्सार विभागका अनुसार पुस महिनामा १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, १३ अर्ब ५० करोड २९ लाख रुपैयाँको वस्तु निकासी भएको विभागको तथ्यांक छ । अघिल्लो महिना मंसिरमा भने १ खर्ब ३२ अर्ब रुपैयाँको आयात र १२ अर्ब ५३ करोड रुपैयाँको निकासी भएको थियो ।

चालू आर्थिक वर्षमा खनिज तेल (पेट्रोलियम पदार्थ)को आयातमा १ खर्ब ६४ अर्ब ८० करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, तरकारीको आयातमा १७ र फलफुल लगायतको आयातमा ८ अर्ब रुपैयाँ बाहिरिएको छ । यसैगरी, फर्मासिटिकल्को आयातमा २२ अर्ब, प्लाष्टिकजन्य वस्तुको आयातमा ३० अर्ब, फलाम र स्टिलजन्य वस्तुको आयातमा ७७ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यसका साथै, यस अवधिमा मेसिनरीको आयात गर्दा ४८ अर्ब, विभिन्न विद्युतीय मेसिनको आयातमा ५१ अर्ब र क्यामेरा, स्क्यानर मेसिन लगायतको आयातमा १२ अर्ब रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।