March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

घटेर १ हजार ५५१ मात्र ट्रेडमार्क दर्ता

घटेर १ हजार ५५१ मात्र ट्रेडमार्क दर्ता

चालू आवको सुरुदेखि नै उद्योग दर्तामा कमी आइरहेको छ । बैंकले ऋणमा गरेको कडाइ, विश्व आर्थिक मन्द्धी लगायतका कारणले गर्दा उद्योगमा लगानी गर्ने क्रममा कमी आएको हो । वैदेशिक लगानीमा पनि कमी आइरहेको छ । उद्योग विभागको पछिल्लो विवरणले यस्तो अवस्था देखाएको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको पहिलो महिनामा औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा कमी आएको छ । उद्योग विभागका अनुसार गत आवको ६ महिनाभन्दा चालू आवको सोही अवधिमा ट्रेडमार्क तथा डिजाइन दर्ता संख्या घटेको छ । गत वर्षको पुससम्ममा १ हजार ६३४ ट्रेडमार्क दर्ता भएकोमा चालू आवको १ हजार ५५१ को संख्यामा ट्रेडमार्क दर्ता भएका छन् । यस्तै गत वर्ष १३ वटा डिजाइन दर्ता भएकोमा चालू वर्षमा भने ८ वटामात्र दर्ता भएको विभागका निर्देशक रमिला भण्डारीले जानकारी दिइन् । यद्यपी गत आवको शुन्यमा रहेको प्याटेन्ट दर्तामा यस वर्ष भने केही प्रगति देखिएको छ । चालू वर्षको पुससम्ममा एउटा प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ । औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा मात्र नभई यससम्बन्धी उजुरीमा पनि कमी आएको विभागको तथ्यांकमा उल्लेख छ ।

Advertisement