March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त

प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए ।

Advertisement

शेरचन १८ माघ २०७५ मा प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । दुई साताअघि प्रभुले सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि शेरचन तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् ।

Advertisement

नवनियुक्त सीईओ शेरचनले ग्राहक, शेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मर्जर भएपछि कर्मचारीहरूबीचको समन्वय, कर्जाको गुणस्तर, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकको नीति नियमअनुसार समन्वयसाथ काम गर्ने उनको भनाइ छ ।

ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पु¥याउने र शेयरधनीलाई उचित प्रतिफल दिने गरी काम गर्ने उनले बताए ।