April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार बढ्दै

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार बढ्दै

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भइरहेको भ्रष्टाचार बढेको र फोहोर व्यवस्थापनमा लापरवाही गरेकोबारे चासो लिएका छन् । आज माघ १७ गते कोषको कार्यालयमा पदाधिकारीसँग ब्रिफिङ लिँदै मन्त्री किरातीले विश्वले चिनेको पवित्र क्षेत्रमा ‘अपवित्र’ काम भएको भन्दै अनियमितता रोक्न निर्देशन दिए ।

Advertisement

‘यति ठुलो र पवित्र तीर्थस्थलमा किन अपवित्र र फोहोरी काम भइरहेको छ ? यहाँ लाख होइन, लाखौँलाखको डिल कसरी भइरहेको छ ? यसको प्रमाणसहित पत्रकार सम्मेलन गर्न नपरोस्’पदाधिकारीलाई चेतावनी दिँदै मन्त्री किरातीले भने, ‘विगत जे भयो, अब म हात जोडेर पशुपतिनाथसँग माफी माग्छु अव त्यस्तो नहोस् ।’

Advertisement

उनले लासमाथि पनि भ्रष्टाचार भइरहेको आफूले सुनेको भन्दै मान्छेमा संवेदना हराएको त होइन भनेर प्रश्न गरे । उनले फूल बेच्नेहरूसँग समेत असुली गरेर सचिव र मन्त्रीलाई दिनु पर्छ भन्ने आफूले सुनेको भन्दै आइन्दा त्यस्तो कार्य नगर्न निर्देशन दिए । ‘मलाई प्रत्येक महिनाको प्रगतिविवरण सहितको काम चाहिन्छ ।

पशुपति क्षेत्रलाई अव यसरी फोहोर राख्न पाइँदैन । कसैले काम गरेन भने उसलाई जागिर खुवाउनुपर्छ भन्ने छैन’, मन्त्री किरातीको भनाइ छ ।