March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बौद्धको फुलबारीमा आगलागी

बौद्धको फुलबारीमा आगलागी

बौद्धस्थित फुलबारीमा आग लागी भएको छ । गएराति साढे १० बजेतिर ह्याण्डीक्राफ्ट बनाउने टहरामा लागो लागेको हो । आगलागीबाट ह्याण्डीक्राफ्टको सामान जलेको छ । तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ ।

सात वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । हस्तकलाका सामान बनाउन प्रयोग गरिने धागो ठुलो परिमाणमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

Advertisement