April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

विराटनगर विमानस्थलमा कन्भेयर बेल्ट सञ्चालन

विराटनगर विमानस्थलमा कन्भेयर बेल्ट सञ्चालन

विराटनगर विमानस्थलले यात्रुहरुको सामान सहज र सुरक्षित बनाउन आगमन कक्षमा कन्भेयर बेल्ट जडान सुरु गरेको छ । कन्भेयर बेल्ट बुधवारबाट सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणकाले जनाएको हो ।यतिबेला विमानस्थलको टर्मिनल भवन छेउमै बेल्ट जडानको काम धमाधम भइरहेको छ।

यसका लागि इलोक्ट्रोमेकानिकल विभाग, प्रधान कार्यालयबाट ठेक्का सम्झौता भई काम सुरू गरिएको थियो। निर्माण कम्पनी सिटिएस एनटीइ जेभीले दुई करोड तीन लाख लगानीमा यो प्रणाली सञ्चालनमा ल्याएको हो। ३८.८ मिटर लम्बाइ रहेको उक्त कन्भेयर बेल्टमा प्रतिघण्टा तीन हजार लगेज ह्याणडलिङ क्षमता छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार विमानस्थलमा यात्रुहरूको सेवासुविधाका लागि पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढी विमानस्थलको आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली जडान कार्य सुरू गरिएको थियो। विराटनगर विमानस्थलको भने आजबाट सञ्चालनमा आएको हो।

Advertisement