March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडा बीच ’मेडिकल इन्स्योरेन्स’ को लागि सेवा सम्झौता भएको छ।

Advertisement

उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा ,एक्स–रे, भ्ऋन् , भ्ऋज्इ लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन् ।

Advertisement

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ ।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।