March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

निर्धन उत्थान लघुवित्तले बोलायो वार्षिक साधारण सभा

निर्धन उत्थान लघुवित्तले बोलायो वार्षिक साधारण सभा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गते बिहान १० बजे लघुवित्तको केन्द्रीय कार्यालय २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्नेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ।

Advertisement