March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

राष्ट्र बैंकको मौद्रिक नीति सुझाव पठाउँने आज अन्तिम दिन

राष्ट्र बैंकको मौद्रिक नीति सुझाव पठाउँने आज अन्तिम दिन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव पठाउने आज माघ २० गते अन्तिम दिन रहेको छ ।

Advertisement

केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल  monetarypolicy@nrb.org.np  मा राय–सुझाव पठाउन सकिन्छ ।

Advertisement

राष्ट्र बैंकमा हालसम्म पुँजीबजारबाट विभिन्न लगानीकर्ता संघसंगठन, बैंकर र उद्योगी–व्यवसायीहरुले सुझा पठाइसकेका छन्।

नेपाल राष्ट्र बैंकले गत माघ ९ गते एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको थियो।