April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जन्ती निकाल्ने बेला छतबाट पैसा बर्साएपछि…

जन्ती निकाल्ने बेला छतबाट पैसा बर्साएपछि…

विवाहको समय निकै खुसीको समय हो । मानिसहरु विवाहमा रमाइलो गर्न धेरै थरीको तरिका अपनाउने गर्छन् ।

Advertisement

तर हालै भारतमा एक व्यक्तिले जे गरे, त्यसले सबैलाई चकित पारेको छ ।

Advertisement

भारतको गुजरातस्थित मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका हुन् ।

केकरी तहसीलको अंगोल गाउँका पूर्व सरपंच करिम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाएपछि त्यहाँ होहल्ला मच्चिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।

उडाएको पैसा लिन घरमुनी धेरै मानिस जम्मा पनि भए । यसैबीच त्यहाँ उपस्थित मानिसबीच हात हाला–हालसमेत भयो ।

करिम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्तीसहित बाहिर निस्किरहेका थिए । किन पैसा उडाएको भनेर सोधिएको प्रश्नमा करिमले विवाहको उत्सवमा गाउँका सबैलाई समावेश गर्नका लागि उनले र परिवारका अन्य सदस्यले पैसा बाँडेको बताए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।