महानगरपालिकाले हटायो बाह्र हजार बढी साइन बोर्ड
फागुन ३०, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका प्रचार सामाग्री९साइन बोर्ड० हटाएको छ । गत पुस देखि सूरु गरेको महानगरपालिकाले हाल सम्म १२ हजार ४५ प्रचार सामग्री ९साइन बोर्ड० हटाएको जनाएको छ ।
अहिले दैनिक चार टोली प्रचार सामग्री हटाउनका लागि निरन्तर लागिरहेका छन् । शहरलाई कुरुप बनाउने गरी राखिएका त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथली , बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजार सम्मको होर्डिङबोर्ड तथा प्रचार सामग्री हटाउने कार्य सकिएको छ ।
आगामी चैत सम्ममा नियम बाहिर रही राखिएका सबै प्रचार सामग्री हटाउने गरी काम भइरहेको नगरपालिकाको भनाई रहेको छ ।
नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले एउटा मात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । साइनबोर्डको अधिकतम साइज तीन फिट उचाइ र ३० वर्ग्फिट तोकिएको छ ।
बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृतरूपमा ठाडो गरी राख्नुपर्ने नितिमा उल्लेख गरिएको छ । चालू आवभरिमा महानगरपालिकाभित्रका स्वीकृतिबिना राखिएका सबै विज्ञापन बोर्ड हटाउने लक्ष्य लिएको छ ।
साना–ठूला गरी १२ हजार बढी प्रचार सामग्री हटाए पनि महानगरले संस्था तथा व्यक्ति कसैलाई पनि कारवाही गरेको छैन । निकालिएका सबै सामग्री महानगरपालिले जफत गरेको छ भने आगामी दिनमा नराख्न कडा निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्