January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कैलालीमा बस र अटो ठोक्कियो, १ को मृत्यु, ४ घाइते

कैलालीमा बस र अटो ठोक्कियो, १ को मृत्यु, ४ घाइते

०१ चैत, काठमाण्डौ ।
कैलालीमा बस र अठो ठोक्किएको छ । ठोक्काइबाट १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोली रहेका छन् । घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा अटो चालक गोदावरी नगरपालिका–१ विजयनगरका २६ वर्षीय मानबहादुर विक, गोदावरी नगरपालिका–६ कोली कटानका ५० वर्षीय नखरी कोली, २५ वर्षीय अर्जुन कोली, २५ वर्षीय दुर्गा कोली रहेका छन् ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको से १ ह २११४ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बस चालक डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ वर्षीय दीपकराज भट्टराईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement