त्रिवि भन्सारले जफत गरेको बस्तुबाट ३ करोड ८९ लाख रुपियाँ राजस्व
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफूले जफत गरेका विभिन्न बस्तुको जफतबाट तीन करोड ८९ लाख रुपियाँ माथिको राजस्व् संकलन गरेको छ । विमान स्थलले मदिरा, खाद्य पदार्थ विद्युतीय सामग्री, मोबाइल, कपडा सवारी लगायतका नियन्त्रणमा लिएकाा साधन विक्री गरेर उक्त रकम जम्मा गरेको हो ।
यी मालवस्तु लिलाम बिक्रीबाट आफूले तीन करोड ८९ लाख रुपियाँ राजस्व प्राप्त गरेको कार्यालयको भनाई छ । कार्यालयले ३३२ थान मोबाइल लिलाम बिक्रीबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपियाँ राजस्व प्राप्त भएको छ । यी मोबाइलहरु विदेशबाट फर्किने यात्रुहरुसँग जफत गरिएको हो ।
कार्यालयले एक करोड पाँच लाख ८६ हजार ६९७ रुपियाँ बराबरको दुई हजार ५०५ बोतल मदिरा बिक्री गरेको छ । यसैगरी, एक करोड १० लाख ६८ हजार बराबरको सवारी साधन, लत्ताकपडा, खाद्य पदार्थ, विद्युतीय सामग्रीहरु बिक्री गरिएको छ ।
प्रतिकृया दिनुहोस्