चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु, २ घाइते
०२ चैत, काठमाडौं ।
उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने २ जना नै घाइते भएका छन् । २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।
खिवाङमै चट्याङ लागेर घाईते भएका २ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति वर्षासँगै परेको चट्याङले जिल्लाका अन्य क्षेत्रमा समेत असर गरेको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ । दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्