March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

सेयर बजार घटेर रातम्मे, सूचक १९ सय ३३ अंकको विन्दुमा

सेयर बजार घटेर रातम्मे, सूचक १९ सय ३३ अंकको विन्दुमा

साताको अन्तिम दिन बिहीवार पनि कारोवार नेप्से परिसूचक ५.३२ अंकले घटेको छ । आज नेप्से ०.२७ प्रतिशतले घटेर १९३३.३१ बिन्दुमा पुगेर बन्द भएको हो ।

Advertisement

बिहीवार दुई सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोवार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर साढे चार प्रतिशतले घटेको छ ।

जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको सेयर घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।