March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

मान्डु हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसंग माग्यो अनुमति

मान्डु हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसंग माग्यो अनुमति

मान्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

Advertisement

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

Advertisement

मान्डु हाइड्रोपावरले हाल मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०७५ देखि विद्युत उत्पादन शुरु गरेको हो ।