March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

काठमाडौँ महानगरले उठायो चार अर्व ५६ करोड राजस्व

काठमाडौँ महानगरले उठायो चार अर्व ५६ करोड राजस्व

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब ५६ करोड ६२ लाख राजस्व उठाएको छ । चालु आर्थिक बर्ष २०७९÷८० को लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत हो ।

Advertisement

महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ ।

Advertisement

महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।