सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ किनबेच ?
साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बिहीवार छापावाल सुन तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।
यता, शुक्रवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ । बिहीवार चाँदीको मूल्य १३ सय ५ रुपैयाँ कायम रहेको थियो ।
अमेरिकामा बैंकहरु टाट पल्टिन थालेका छन् । यससँगै विश्व आर्थिक मन्दीको हल्ला पनि चल्न थालेको छ । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन् । यसबाट सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्यमा समेत चाप परेको विश्लेषकहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्