सकियो उपराष्ट्रपति निर्वाचन मतदान, ८२९ मत खस्दा ५३ सांसदले हालेनन् भोट
उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेकोमा उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ६ बजेसम्म नतिजा आउने निर्वचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्