April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चैत १० भित्र सरकारलाई पुर्णता दिने- प्रधानमन्त्री दाहाल

चैत १० भित्र सरकारलाई पुर्णता दिने- प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेका छन् ।

Advertisement

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

Advertisement

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भए पछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन्।

तीनवटा पार्टी सरकारवाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।

यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्‌ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन ।