March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, अवतरण गर्न काठमाडौं नै फर्केयो

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, अवतरण गर्न काठमाडौं नै फर्केयो

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । आज (शनिबार) बिहान बुद्ध एयरको यु–४१३३ जहाजमा समस्या देखिएपछि वीरगञ्जबाट मोडेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो । उक्त जहाजमा यात्रा गरिहेका पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशमा उडिरहेको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौंमै ल्याण्ड भएको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो । अनि ठिक छ भनेर पुनः उडाइयो आकाशमा उडिरहेको जहाजमा पुनः समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो । जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन । सरकार ?’ शर्माका अनुसार जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जनाइएको छ ।

Advertisement