March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीचको मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् ।

Advertisement

आज चैत ९ गतेदेखि एकीकृत कारोवार सुरु गरेका दुवै कम्पनीले मर्जरपछि बन्ने नयाँ कम्पनीको सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

Advertisement

दुवै कम्पनीले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा पाण्डेलाई नियुक्त गर्ने प्रस्ताव स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाएका छन् । प्राधिकरण स्रोतका अनुसार उक्त प्रस्तावलाई प्राधिकरणले बिहीवार नै स्वीकृती दिने तयारी गरेको छ ।

प्राधिकरणको स्वीकृतिलगत्तै पाण्डेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि सूर्या लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हालेका पाण्डे हाल कुनै पनि बीमा कम्पनीमा आबद्ध छैनन् ।