January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

घोडेजात्रामा सेनाले विशिष्ट व्यक्ति नबोलाउने

घोडेजात्रामा सेनाले विशिष्ट व्यक्ति नबोलाउने

चैंत ०३, काठमाडौं ।
विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्ति बिच गर्ने भएको छ ।
विभिन्न राष्ट्रमा कोभिड १९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने गरेको निर्णय अनुसार सेनाले विशिष्ट ब्याक्ती नबोलाउँने भएको हो ।
सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध र विशेष कार्यक्रम ‘घोडेजात्रा समारोह’ गर्दे आएको थियो ।
यस वर्षको घोडेजात्रा यही चैत ११ गते परेको छ । उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ ।

Advertisement