April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

 

Advertisement

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

Advertisement

आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको हो।

प्रचण्डले मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलहरुको बीचमा सकस देखिएको बेला कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।