March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नबिल बैंकले सार्वजनिक ग¥यो हरितगृह ग्याँस उत्सर्जन प्रतिवेदन

नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास जीएचजी उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको ऋण र लगानी पोर्टफोलियो पूर्वाधार र परियोजना वित्त आइपिएफ डिभिजन अन्तर्गत बैंकले एउटा साझेदारीको रूपमा हस्ताक्षर गरेको प्रतिबद्धता पत्रको अंशका रूपमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

Advertisement

आईपीएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, जस्ता व्यापारिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गर्दछ । आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गर्न पोर्टफोलियोको कार्बन उत्सर्जनको मूल्याङ्कन अनुसार कुल उत्सर्जन २०२२ मा ८० हजार ६ सय ७१ टन कार्बनडाइअक्साइड देखाएको थियो।

Advertisement

त्यसैगरी जलविद्युतमा लगानी गर्ने र सौर्यमा कार्बनडाइअक्साइड उत्सर्जन २ हजार १ सय ३१ टन उत्सर्जना भएको थिएन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्बन फुटप्रिन्ट घटाउन र पोर्टफोलियो दिगो बनाउन यो महत्त्वपूर्ण रकम भएको र अझै यसका सक्रिय भएर काम गरिरहेको बताए।

बैंकका क्रर्मचारी कार्यालयभित्र र बाहिर दुवै ठाउँमा दैनिक जीवनमा दिगो अभ्यासका लागि प्रोत्साहित गर्ने र स्वच्छ ऊर्जा स्रोतमार्फत आफ्ना काम क्रमशः ‘डि–कार्बनाइज’ गर्ने बैंकले जनाएको छ।