May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

विदेशी मुद्राको विनिमय आजको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज चैत १४ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो ।

Advertisement

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।

Advertisement

उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ ।