May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोवार ?

साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

Advertisement

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

सोमवार छापावाल सुन १ लाख ९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमवार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।