मिटरब्याज पीडितलाई बालेनको स्पष्टीकरण
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन् । आज मंगलवार सामाजिक सञ्जालमा मेयर साहले भनेका छन् । न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषद्ले दिनुपर्ने हो ।
यस्तै उनले, पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ ।
यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो । उनले पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताएका छन् । खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन् ।
देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित सोमवार (चैत १३ गते) खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरु गेटमा नै धर्नामा बसेका छन् ।
प्रतिकृया दिनुहोस्