May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

मिटरब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन

मिटरब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन

सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ ।

Advertisement

टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेका छन् ।

Advertisement

यो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गर्नेछन् ।

लगत्तै प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ । बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको आन्दोलित भएपछि सरकारले माग सम्बोधन गर्न पहल थालेको हो ।