January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

रंगशाला र खेलस्थल बैशाख तेस्रो सातासम्म बन्द गर्ने सरकारको निर्णय

रंगशाला र खेलस्थल बैशाख तेस्रो सातासम्म बन्द गर्ने सरकारको निर्णय

६ चैत, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले महामारीको रुप लिन थाले संगै नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् ।

Advertisement


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement


विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी, विद्यालय, तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् ।


यसैगरी बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिडडुल नगर्न आग्रह गर्दै सांस्कृतिक एवम् सामाजिक कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेलाहुन बन्द गर्ने निर्णय गरेको छ ।