January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

भोलिदेखि चिडियाखाना पनि बन्द गरिने

भोलिदेखि चिडियाखाना पनि बन्द गरिने

६ चैत, काठमाडौं ।

Advertisement

भोलि शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना बन्द हुने भएको छ ।

Advertisement

कोरोनाभाइरसको कारण  सङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको हो। चिडियाखाना भिडभाड हुने ठाउँ भएकोले बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

कोरोना भाइरस रोकथाम अभियानका लागि सरकारले चालेको कदमलाई सहयोग पुर्याउने उद्देश्यले चिडियाखाना बन्द गर्ने निर्णय गरिएको चिडियाखानाले जनाएको छ। 

यसअघि सरकारले २५ जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन सबैमा निर्देशन दिएको थियो ।