April 30, 2025, Wednesday
[nepali_today_date]

जेलमा कोरोनाको त्रास,सामान्य मुद्दाका कैदीलाई रिहा गरिने

जेलमा कोरोनाको त्रास,सामान्य मुद्दाका कैदीलाई रिहा गरिने

चैत ०६, काठमाडौं ।

Advertisement

कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमणले विश्‍वभर महामारी लिइरहेका
सरकारले सामान्य मुद्दाका कैदी रिहा गर्ने भएको हो।

Advertisement

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको हो ।

त्यस्तै समितिले कोरोना भाइरसको परिक्षणका लागि सात वटै प्रदेशमा मडिकल टिम, इक्युपमेन्ट र औषधिको प्रयाप्त व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार कारोना भाइरसको परीक्षणलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । 

समितिले मास्क, औषधि लगायत दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव र कालाबजारी भइरहेकाले त्यसलाई रोक्न प्रभावकारी अनुगमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालका अधिकांश कारागारमा हजारौँ कैदी-थुनुवा छन्। २५ जना क्षमताको कारागारमा ५ सय जनासम्म र सय क्षमताको कारागारमा २ हजारजनासम्मलाई कोचाकोच राखिएको छ।

हजारौंको संख्यामा कारागारमा रहेका कैदीहरुमा कोरोना संक्रमण चाँडो फैलन सक्ने भएकाले सरकारले यस्तो कदम उठाउन लागेको हो।