काठमाडौंमा कोरोना संक्रमित भेटिएको पुष्टि
१० चैत, काठमाडौं
काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् ।
सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै संक्रमण देखिएको बताएका छन् । फ्रान्सबाट मंगलवार फर्किएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएको हो । उनको विवरण खुलाईएको छैन् । उनी चैत ४ गते कतारबाट नेपाल आएकी थिइन् ।
उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन् । तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी टेकु अस्पताल आएकी थिइन् ।
फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी ती युवतीकाे टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको हो ।
ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएकाे छ ।
एकमहिना अघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस्