नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो,खाडीबाट आएका एक युवामा संक्रमण
चैत १२, काठमाडौं ।
नेपालमा कोरोना भाइरसको थप एक नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको हो। एक युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको हो।
ती युवा खाडी मुलुकबाट आएका थिए । उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ।
यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।
सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो ।
प्रतिकृया दिनुहोस्