January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

बलिउड गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ

बलिउड गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चैत १२, काठमाडौं ।

Advertisement

कोरोना भाइरसबाट संक्रमित बलिउडकी गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

Advertisement

उनको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ । उनीहरु चार/चार घण्टाको सिफ्टमा काम गरिरहेको बीबीसी हिन्दीमा खबर प्रकाशित छ ।

कनिकामा लण्डनबाट फर्किएकाे केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो बीचमा उनले विभिन्न पार्टीको आयोजना गरेकी थिइन् ।

केहि दिन अगाडि सम्म उनी शपिङ गर्ने, होटल जाने तथा पार्टीमा जाने जस्ता काम गरिरहेकी नै थिइन् ।

सरकारी संहिताको पालना नगरेको भन्दै कनिकाको आलोचना भइरहेको छ ।