प्रधानमन्त्री ओलीको स्वास्थमा समस्याः मनमोहन कार्डियोमा भर्ना
चैत १४, काठमाडौं ।
मिर्गौलाको शल्यक्रिया पछि निवासमा आराम गर्दे आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा समस्या देखिएकापछि अस्पताल भर्ना गरेको अस्पताल स्रोतले खुलासा गरेको छ ।
प्रम अस्वस्थ भएपछि बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो । असहज महसुस भएपछि बिहीबार राति ११ बजेको समयमा प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको हो ।
टाउको दुख्ने र शरीरलाई असहज महसुस भएपछि उनलाई विहीबार राति नै मनमोहन पुर्याइएको थियो । परीक्षणका क्रममा उनको मुटुको चालमा गडबडी पाइएपछि चिकित्सकले निगरानीमा राखेका छन् ।
प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरिएको बारेमा उनको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले अहिलेसम्म केही आधिकारिक भनाई बाहिर ल्याएको छैन् ।
प्रतिकृया दिनुहोस्