January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

२० घण्टा अस्पतालमा रहेर निवास फर्किए प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् ।

Advertisement

गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ । रासस