मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाने
चैत १५, काठमाडौं ।
सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधीलगायतका मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जाने भएको छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई), भेन्टिलेटर लगायतका सामग्री ल्याउने बताएको छ ।
जहाजमा नेपाल एअरलाइन्स ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना रहनेछन् । उक्त प्लेन आजै राती ११ बजेसम्ममा नेपाल फर्कने एनएले बताएको छ । यसका अलावा थप तीन प्लेन चीनकै कुम्निडमा सामान लिन अप्रिल २, ३ र ४ तारिखमा फेरी जाने छन् ।
प्रतिकृया दिनुहोस्